Logo
Logo

लडेर नेपाली सेनाका लेस-नायकको मृत्यु


3.5k
Shares

दाङ । दाङमा नेपाली सेनाका लेस–नायकको लडेर मृत्यु भएको छ । लमजुङको मध्य नेपाल नगरपालिका–९ घर भई हाल दाङको लमही नगरपालिका–६ देउपुरस्थित रणसिंह दल ब्यारेकमा कार्यरत ३० वर्षीय शीतल थापाको लडेर मृत्यु भएको हाे।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार शुक्रबार मध्याह्न १२ बजेतिर शौचालय जाने क्रममा थापा चिप्लिएर झन्डै डेढ सय मिटर जति तल अर्जुन खोलामा खसेका थिए ।

घटनाको १५ मिनेटमै उनलाई उद्धार गरी लमही अस्पतालमा पु¥याइएको भएपनि त् चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मृतकको शव पोस्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्