Logo
Logo

सन्दीपलाई समेट्दै विश्वकप छनोटका लागि नेपालको टिम घोषणा


4.3k
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

आइसीसी टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीमा पुर्व कप्तान सन्दिप लामिछाने पनि समेटिएका छन् । शुक्रबार सम्पन्न भएको टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल भने टिममा अटाएनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

को-को छन् टिममा ?
रोहीत पौडेल
कुशल भुर्तेल
आशिफ शेख
कुशल मल्ल
दिपेन्द्र एरी
सुन्दीप जोरा
गुल्सन झा
सोमपाल कामी
करण केसी
अविनाश बोहोरा
प्रतिस जिसी
विवेक यादव
सन्दिप लामिछाने
ललित राजवंशी
बिनोद भण्डारी

प्रतिक्रिया दिनुहोस्