
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
५१ जना सवार यात्रुबाहक बस दुर्घटनामा हुँदा भारत मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बसमा सवार अन्य घाइते १० जनाको घाइते भउका छन् । उनीहरको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।














