Logo
Logo

टी-२० विश्वकप छनोट: आज नेपाल र सिंगापुर भिड्दै


567
Shares

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ । खेल टीयू क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ । एसोसिएट देश मध्येका सबैभन्दा उत्कृष्ट टिम नेपाल रहेको छ । फाइनलमा पुग्ने टोली विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् , नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा मलेसिया र तेस्रोमा ओमानसाग प्रतिस्पधा गर्नेछ । समूहको शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोली मात्र विश्वकपमा छनोट हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन् । स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना छैन ।

आज पहिलो दिन चार खेल हुनेछन् । बिहान ९ बजे मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । ​ टियुमा दिउँसो साढे १ बजे ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । मुलपानी मैदानमा सोहि समयमा हङकङले कुवेतसँग भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्