
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो २ः ३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त छ ।
सोही स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो । साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समेत समिक्षा हुने छ ।














