Logo
Logo

सन्दीपले लिए सिंगापुरको पाँचौँ विकेट


2.1k
Shares

काठमाडौं । आइसीसी टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले सिंगापुरको पाँचौँ विकेट लिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट हो । जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्