
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत आज भइरहेको पहिलो खेलमा सिंगापुरले जितका लागि नेपाल सामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सफल भएको हो ।
नेपालका लागि अविनाश बोहराले ३ विकेट हात पारेका थिए भने, करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन् ।














