Logo
Logo

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने गुटेरेसको प्रतिवद्धता


378
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका समस्यासँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत् खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तरक्रियामा जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्रहरु परेका उनको भनाइ छ । हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्