
काठमाडौं । आइसिसि टि-२० विश्वकप छनोट खेल अन्तर्गत आज भएको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले शानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरले दिएको लक्ष्य पछ्याउदै नेपालका कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर पक्ष्य पुरा गरे ।
नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।














