Logo
Logo

मर्यादाक्रमसम्बन्धी विधेयक समितिबाट पारित, प्रधानन्यायाधीश चौथो नम्बरमा



काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ ।

समितिको आज (सोमबमर) बसेको बैठकले प्रधानन्यायाधीशलाई मर्यादा क्रमको पाँचौँ नम्बरमा राखिएको विधेयक चार नम्बरमा सार्ने संशोधनसहित पारित भएको हो । समितिले संशोधनसहित तयार पारेका प्रतिवेदन राष्ट्रियसभाको मंगलबारको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसअघि, सभामुखलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौ वरीयतामा राख्न विधेयकमा प्रस्ताव गरिएको थियो । उक्त विधेयक राष्ट्रियसभाका सदस्यहरुले ०७९ चैत ५ गते गैरसरकारी विधेयकका रुपमा ल्याएका हुन् ।

विधेयक राष्ट्रियसभाका सदस्यहरु गोपी आछामी, तुल विक, देवेन्द्र दाहाल, प्रकाश पन्थ प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखर सिंहले संयुक्त रुपमा लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्