काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशसभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । पाार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेशसभाको समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।

बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारले जानकारी दिए । बैठकमा संसदमा रहेको बिभिन्न बिधेयकहरुमाथि पनि छलफल भएको उनले जानकारी दिए ।














