Logo
Logo

माओवादी नेता भन्छन्- कोशीमा सहमतीय सरकार बनाऔं


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले कोशी प्रदेशमा सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेशसभा सदस्यसमेत रहेका चापागाईंले सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई नै प्रदेश सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने र सबै दललाई सरकारमा समेट्नुपर्ने बताएका हुन् । कोशीमा हाल एमालेको समर्थनमा कांग्रेसको इतर समूहका कार्की मुख्यमन्त्री छन् ।

‘संघीय गठबन्धनमा रहेका दललाई कोशीका सरकारमा ल्याए बाहिरिने एमालेको चेतावनी र एमालेलाई बाहिरै राखेर गठबन्धन दलले मात्र सरकार चलाउँने दुबै सोच प्रदेशको स्थायित्वका लागि उचित छैन,’ चापागाईंले भनेका छन, ‘एमालेले गठबन्धन दललाई सहभागी गराए सरकार छोड्छौं भन्ने अडान त्याग्नुपर्छ । गठबन्धनका दलले पनि एमालेलाई सरकारबाट बाहिर निकालेर पुनः गठबन्धनको मात्र सरकार बाउनुपर्छ भन्नु हुँदैन ।’

कोशी प्रदेशलाई स्थायित्व दिन पनि सर्वदलिय सहमतिमा सरकार सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले अगाडी भनेका छन्, ‘हाम्रो प्रदेशको गणितीय जटिलतालाई ध्यान दिँदै प्रदेश सहमतिको सरकार निर्माणमा सबैपक्ष इमान्दारपूर्वक लागौं ।’

काँग्रेसको शेखर कोइराला समूहका कार्की एमालेका ३९ र आफ्नो समूहका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सत्ता गठबन्धनले पनि विश्वासको मत दिएपछि उनले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

एमालेले आफ्नो समर्थनमा मुख्यमन्त्री बनेकाले सत्ता गठबन्धन दललाई सरकारमा नल्याउन कार्कीमाथि दबाब दिइरहेछ भने काँग्रेसले गठबन्धनमा सहभागी दलहरुलाई सरकारमा सहभागी गराउन कार्कीलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्