Logo
Logo

प्रिन्सिपल सरार्फ हत्या आरोपमा १० जना पक्राउ



काठमाडौं । प्रिन्सिपल रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ६ जना घटनामा संलग्न रहेको र बाँकी ४ जनामाथि अनुसन्धान भइरहेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए । उनका अनुसार पक्राउ परेका आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । गोली लागेर घाइते भएका उनको अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

रुपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपलसमेत हुन् । उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्