
काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै मिर्गौला फेर्न लागेको बताएका छन् । लामो समयदेखि मिर्गौलापीडित प्रधानमन्त्री ओली भने, ‘निकट भविष्यमै एउटा मिर्गौला प्रत्यारोपण गर्न गइरहेको छु ।’ मंगलबार प्रधानमन्त्री ओलीले विभिन्न मिडियाका सम्पादकहरुस“गको छलफलमा यस्तो बताएका हुन् ।
त्यसो त यसअघि नै उनलाई चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन् । करिब १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले हाल नियमित डायलासिस गर्दै आएका छन् । तर, अब डायलसिसले मात्र काम नदिने निष्कर्षमा उनी पुगेका छन् ।
प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले आलो–पालो सरकारको नेतृत्व गर्ने सहमति भएको भएपनि प्रचण्डकै प्रस्तावमा राजनीतिक स्थायित्वका लागि आफूले ५ वर्ष सरकार चलाउने सहमति भएको भन्दै भने, ‘अझै तीन वर्ष खटिएर काम गर्नका लागि मैले डायलासिस गरिरहनुको साटो मिगौला नै फेर्न लागेको हु“ ।’
प्रधानमन्त्री ओलीले सम्पादकहरुको एक प्रश्नमा भने, ‘बलिङ गरिसकेपछि ब्याटिङ त गर्ने प¥यो ।’ मिर्गौलाको नियमित उपचार गर्दै आएका पनि उनी सरकारको कामकाजमा सक्रिय हुँदै आएका छन् । प्रधानमन्त्री ओलीले आफू सधैं देशका लागि चिन्ता गर्ने बताउ“दै भने, ‘म समृद्ध नेपालका लागि डटिरहेको छु । यसका लागि मिडियाका साथीहरुको साथ आवश्यक छ ।’ यसैक्रममा उनले सरकार प्रेस स्वतन्त्रता संकुचित गर्ने पक्षमा नरहेको बताएका थिए ।











