Logo
Logo

सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ


7.1k
Shares

काठमाडौं । नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

नेपाली सेनाको उजुरीपछि खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । खनाल सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका छन् ।

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ । खनालले सेनाको विषयमा के अभिव्यक्ति दिएका थिए भन्ने विषय भने खुलेको छैन ।

खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरको बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्