Logo
Logo

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रधानमन्त्रीको विश्वास


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।’

यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सही मूल्याङ्कन गरे ।

महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, गरिबी, जलवायु परिर्वतनलगायत विषयमा सदनमा गरेको सम्बोधनको सराहना गर्दै अध्यक्ष ओलीले जलवायु परिर्वतनलगायत मुद्दामा सम्पन्न देशले विपन्न राष्ट्रलाई सहयोग गर्नुपर्ने बताउनु प्रशंसनीय भएको टिप्पणी गरे ।

महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियालाई पीडित केन्द्रित भएर निरुपण गर्नुपर्ने, सर्वोच्च अदालत, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का सुझावसमेतलाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिनु सामयिक भएको अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्