Logo
Logo

यस्तो रहनेछ आजको मौसम


819
Shares

काठमाडौं । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्