
काठमाडौं । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन् । कपिलवस्तु निवासी पूर्वसांसद समेत रहेकी विश्वकर्मा हिजो मंगलबार एमाले प्रवेश गरेकी हुन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएको एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।














