Logo
Logo

टेलिकमको सेवा सुधारमा ध्यान दिन सञ्चारमन्त्री बाँस्कोटाको निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । १६ औं वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भन्नुभयो, ‘आमाको जन्मदिनका दिन मंगलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।’

कार्यक्रममा उहाँले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको हो । मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पु¥याउने संकल्प गर्दा नपत्याइए पनि हाल देशभर ७७ जिल्ला सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।

वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भन्नुभयो, ‘आमाको जन्मदिनका दिन मंगलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।’

नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब–किताब राख्ने चेतावनी दिनुभएको छ । मन्त्री बाँस्कोटाले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिनुभयो । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६औं वार्षिकोत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए ।

पहेंलो रंगको कागजलाई टोपीजस्तो बनाइ लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुलाई मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस्, संस्थाभित्र चल्दैन ।’

मन्त्री बाँस्कोटाले राजनीति गरिरहे टेलिकम पनि टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योगजस्तै धरासायी हुने र कर्मचारीहरु थोरै सेवा सुविधा लिएर बाहिरनुपर्ने चेतावनी दिनुभयो । उहाँले आन्दोलन छाडेर सुधारमा ध्यान दिन कर्मचारीलाई सुझाव दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उहाँले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्छ, भन्नुभयो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा टेलिकमको वार्षिकोत्सवसँग सम्बन्धित स्मारिका विमोचन गरिएको थियो भने विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्