Logo
Logo

स्वीस बैंकमा पैसा राख्नेहरुमाथि छानबिन हुन्छः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ माघ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीस बैंकमा पैसा राख्नेहरुमाथि छानबिन र कारबाही हुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले त्यो एक किमिसको भ्रष्टाचार भएकाले अनुसन्धान हुने बताए ।


‘कतिपयले खण्डन गरेका छन्, खण्डन भए पनि नभएपछि सरकारले यसमा छानबिन गर्छ, कानूनअनुसार कारबाही हुन्छ,’ प्रधानमन्त्री ओलीले बताए । केही दिनअघि ५५ नेपालीले स्वीस बैंकमा ५२ अर्ब रुपैयाँ राखेको समाचार आएका थिए ।
नेकपाकै सांसद खगराज अधिकारी लगायतले यसबारे प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्