Logo
Logo

खुम्बु भ्रमणमा आएका कोरियन नागरिक बाथरुममा मृत भेटिए


756
Shares

सोलुखुम्बु । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिक बाथरुममा मृत भेटिएका छन् ।

कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङ ल्हामु गाउँपालिका(४ स्थित गोक्यो रिसोर्टको बाथरुममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मंगलबार राति मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ग्याङ गत असोज ३० गते सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्