Logo
Logo

रिगलविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसला सुनाउने


441
Shares

काठमाडौं । गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई माफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ ।

कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधबार बहस सकिएपछि निर्णय सुनाउन आजका लागि मिति तोकेको हो ।

रिगललाई कैद मिनाहा गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसका बिरुद्धमा दिनदहाडै खुँदा हानी हत्या गरिएका नेपालगन्जका चेतन मानन्धरको पत्नी भारतीले दिएको मुद्धामा आज सर्वोच्चले फैसाला सुनाउन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्