Logo
Logo

जसपाको ललितपुर जिल्ला समिति पुनर्गठन, अध्यक्षमा कर्म


693
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को ललितपुर जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित भेलाले कर्म महर्जनको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा किरण कुमार महर्जन, सुमन खड्का सचिवमा सुरेन्द्र महर्जन, उपसचिव अस्तेन्द्र महर्जन, महेन्द्र बुढाथोकी र कोषाध्यक्ष सबित कुमार महर्जन रहेका छन् ।

कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्यहरु पुष्पराज राजकर्णिकार, भुपेन्द्र नेम्बाङ, लिला सिटौला, न्हुच्छेलाल महर्जन, राधाकृष्ण महर्जन, केन्द्रीय सदस्य योगराज लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व नेवा राष्ट्रिय समितिका सह इन्चार्ज भगवती सुवेदीको रहेको थियो । बागमती प्रदेश समितिले कार्तिक १५ गतेभित्र जिल्ला समिति र पालिका समिति गठन, पुनर्गठनको कार्य सम्पन्न गर्न भनेको छ ।

बागमती प्रदेशले कार्तिक १७ गते प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको छ । कार्तिक १५ गतेसम्म गठन, पुनर्गठन भएका समितिबाट मात्र उक्त प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरिएपछि प्रदेश अन्तर्गतका समिति पुनर्गठनलाई तिव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्