
काठमाडौं । भिजन लुम्बिनी ऊर्जाले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । आइपीओ लागि आज (बिहिबार) देखी कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।














