Logo
Logo

कतार सरकारमार्फत् कुरा गरेर विपिन जोशीलाई उद्धार गर्नुपर्छ : विश्वप्रकाश शर्मा


504
Shares

काटमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीलाई उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकको सुन्य समयमा बोल्दै महामन्त्री शर्माले हमासको नियन्त्रणमा रहेका जोशीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

इसरायलमा प्यालेष्टानी आतंककारी समुह हमासले गरेको आक्रमणका क्रममा पढ्न गएका नेपाली विद्यार्थी जोशी बेपत्ता भएका थिए । जोशी हमासको नियन्त्रणमा रहेको इसरायलले नेपाल सरकारलाई पठाएको पत्रमा उल्लेख छ।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउँदछु,’ महामन्त्री शर्माले बिहीबार प्रतिनिधि सभा बैठकमा भने।

प्रतिक्रिया दिनुहोस्