Logo
Logo

पत्रकारको तलब बढाउन कांग्रेस सांसदको माग


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद शान्ति विकले पत्रकारहरुको तलब वृद्धि गर्न माग गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले श्रमजीवी पत्रकारको तलब बढाउन सरकारसमक्ष आग्रह गरेकी हुन् ।

‘देशको चौथो अङ्गको रूपमा रहेको श्रमजीवी पत्रकारले देश र जनता, सरकार अनि समाजमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छन् । विश्वमा के भइरहेको छ पत्रकारकै कारण सञ्चार माध्यमद्वारा सहजै थाहा पाउन सक्छौँ,’ उनले भनिन्, ‘पत्रकारको आधारभूत आवश्यकता पनि पूरा हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गर्नका लागि सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्