
काठमाडौं । नेकपा एमालेका सांसद शोभा ज्ञवालीले केपी शर्मा ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले दुर्गा प्रसाईले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गराएको भन्दै कारबाही गर्न माग गरेका हुन् ।
‘यतिबेला दुर्गा प्रसाईजस्ता अराजक व्याक्तिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन्,’ उनले भने, ‘सुशासन र विकासमा सबैभन्दा योग्य साबित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’














