Logo
Logo

डिएसपीद्वारा कार्यकक्षमै बलात्कार


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २३ माघ ।
नेपाल प्रहरीका एक वृत्त इन्चार्जले आफ्नो कार्यकक्षमै युवतीलाई बलात्कार गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त चापागाउँका तत्कालिन इन्चार्ज डिएसपी राजकुमार खिउजूले बलात्कार गरेका हुन् ।


। उनीविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी परेको छ ।
सो प्रकरणपछि डिएसपी खिउजुले राजिनामा दिइसकेका छन् । यस्तो गम्भीर घटनामा मुछिएका अधिकृतमाथि कारबाही नगरी राजिनामा स्वीकृत गरेर प्रहरी प्रधान कार्यालयले समेत उनलाई जोगाउने काम गरेको छ ।
गत ३० मंसिरमा आफुमाथि बलात्कार भएको युवतीको आरोप छ । खिउजुविरुद्ध जाहेरी आएको ललितपुरका एसएसपी टेकप्रसाद राईले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्