Logo
Logo

संघीय गणतन्त्र संस्थागत गर्न समस्या देखियो : उपेन्द्र यादव


315
Shares

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय गणतन्त्र संस्थागत गर्न समस्या देखिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले संविधान बनेको लामो समयपछि पनि प्रदेशलाई अधिकार, कानुन र काम गर्ने जनशक्ति दिन नसकेको भन्दै यसका कारण संघीय गणतन्त्र संस्थागत गर्न समस्या देखिएको बताएका हुन् ।

उनले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन समेत ल्याउन नसक्नेले संघीय प्रणाली सञ्चालनमा असर देखिएको धारणा राखे । सदन अवरुद्ध हुने, विजनेश नहुने प्रवृत्तिले सरकारको कामकारवाही प्रभावकारी हुन नसकेको उनले बताए ।

नेता यादवले चुरे क्षेत्रको गिट्टी, ढुंगा निकालेर आन्तरिक प्रयोजनका लागि प्रयोग गर्न प्रतिवन्ध लगाउनुपर्ने र मधेशलाई मरुभूमिकरणबाट जोगाउन सकिने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्