Logo
Logo

समाजवादी मोर्चाको काठमाडौं संयोजन समिति गठन


1.4k
Shares

काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाडौंको संयोजन समिति गठन भएको छ । बिहीबार भएको मोर्चामा आवद्ध दलहरुको भेलाले मोर्चा गठन गरेको हो ।

मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एलपी श्रेष्ठ र ध्रुव न्यौपाने, नेकपा माओवादी केन्द्रबाट सञ्जय लामा र महेश्वर फुयाल, नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी र जनता समाजवादीबाट अजित पुतुवार रहने गरी मोर्चा गठन गरिएको हो । जनता समाजवादीबाट एक जना पछि थपिने भएको छ ।

समिति गठन कार्यक्रममा समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य सचिव तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि हमालले मोर्चा गठन र उद्देश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजवादी मोर्चा नेपाल, बाग्मती प्रदेश संयोजक तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, नेकपाका तर्फबाट मोर्चाका वाग्मती सदस्य सन्तोषी सी, जसपाको तर्फबाट मोर्चाका बाग्मती प्रदेश सदस्य तथा जसपा वाग्मती अध्यक्ष जय गोलेसहित नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा काठमाडौ इञ्चार्ज वसन्त मानन्धरको उपस्थिति थियो ।

कार्यक्रममा मोर्चा वाग्मतीका संयोजक सावित्रा भुसालले वाग्मती प्रदेशभित्र मोर्चाको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । मोर्चाको संयोजनको जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादीले पहिलो ४ महिना संयोजनको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्