
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का सीईओ एच.ई. एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच वासिङ्टन डिसीमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरूबीच एमसीसी परियोजना समयमै कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । सो भेटवार्तामा एमसीसी परियोजना तोकिएको ५ वर्षभित्र पूरा गर्नेमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।














