काठमाडौं, २३ माघ ।
भ्रष्टाचारको विरोध गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भ्रष्टाचारको पक्षमा उभिएको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छेदारलाई समेत प्रतिवादी बनाएको भन्दै उनले बिहीबार संसद अवरुद्ध गरेको छ ।

गच्छेदारलाई मुद्दा चलाएर विष्णु पौडेलका छोरालाई मुद्दा नचलाएको उसको आरोप छ । भ्रष्टाचारमा मुद्दा चल्दा संसद अवरुद्ध गर्ने प्रतिपक्षीको कदमलाई धेरैले अनौठो मानेका छन् । गच्छेदार भूमिसुधार मन्त्री हुँदा ललिता निवास विस्तारको नाममा नक्कली मोहीलाई जग्गा दिएर भ्रष्टाचार गरिएको थियो ।
गच्छेदारसहित पूर्व मन्त्रीहरु चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठविरुद्ध समेत मुद्दा चलेको छ । अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेत पनि मुद्दामा परेका छन् ।











