Logo
Logo

कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन


1.2k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कुटाकुट गर्ने पाइलटको लाइसेन्स निलम्बन गरेको छ । शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ ।’ एउटै कम्पनीका दुई पाइलटबीच के कारणले कुटाकुट भएको थियो भन्ने अहिलेसम्म खुल्न नसकेको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्