Logo
Logo

निषेधको राजनीति छाड्न जरुरी छ : ओली


2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको राजनीति छाड्न जरुरी रहेको बताएका छन् । शनिबार प्रथम सल्यानटार कृषि प्रर्दशनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले सबै पार्टीहरुले पुरानो शैली छाड्न आवश्यक भएको समेत बताए ।

अध्यक्ष ओलीले भने, ‘निषेधको राजनीति छाड्न जरुरी छ । लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थ्यता रोजेको होइन । हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन । हामीले सामाजिक सद्भाव र एकता रोजेको हौं ।’

लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको समेत उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु, मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानामन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु । उहाँले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्