
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जाजरकोट पुगेका छन्। काठमाडौंबाट नेपाली सेनाको १६ मेडिकल टिमसहित उनी जाजरकोट पुगेका हुन् ।
गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्तर स्केलको भुकम्पले रुकुम र जाजरकोटमा पुगेको क्षेतीको स्थलगत अनुगमन र उद्धारका लागि प्रधानमनत्री प्रचण्ड क्षेतीग्रस्त क्षेत्र पुगेका हुन् । जाजरकोट पुगेर उनले प्रमुख जिल्ला अधिकारी सुरेश सुनार जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो।
यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।














