
काठमाडौं । भूकम्प प्रभावितका उद्धार र उपचारका लागि १४ जनो स्थास्थ्यकर्मीको टाली लिएर काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ ।
नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक त्यहाँ अवतरण गर्न नसकेको हो ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो ।
चौरजहारी विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) छैन । त्यसैले नेपालगञ्जबाटै पठाउने तयारी अवस्थामा राखिएको उनले बताए ।
नेपाली सेनाको एउटा हेलिकप्टर भने बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेर नेपालगञ्ज फर्किसकेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आज नेपाली सेनाको हेलिकप्टरमार्फत् जाजरकोट पुगेका छन् ।














