
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जना घाइतेलाई सुर्खेत ल्याएका छन् ।
गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प परी घाइते भएका मध्ये गम्भिर अवस्थामा रहेका ७ जनलाई सुर्खेत ल्याएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालका अनुसार उनीहरूलाई जाजरकोटबाट सुर्खेत ल्याइएको हो । उनीहरूको सुर्खेतमा उपचार जारी रहनेछ ।
भुकम्प गए पछि एकाबिहानै प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उपचार तथा पीडितहरूको व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।
उनी जाजरकोटमा भुकम्पको क्षेती बुझेर रुकुम पलर्किएका छन् । जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट रुकुम पश्चिममा पनि ठुलो जनधनको क्षेती भएको छ । हालसम्म रुकुममा मात्रै ६२ जनाले ज्यान ज्यान गुमाइसकेका छन् ।














