Logo
Logo

गगन थापालाई प्रधानमन्त्रीको सटिक जवाफ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ माघ ।
डा गोविन्द केसीसँगको सम्झौता प्रधानमन्त्रीले चाहेमा कार्यान्वायन हुन सक्ने भन्दै कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदमा जिज्ञासा राखेका छन् । तर, प्रधानमन्त्री ओलीले सार्वभौम संसदलाई आफूले निर्देशन दिने नमिल्ने बताएका छन् ।


डा केसीसँगको सम्झौता अनुसार नै आफूले संसदमा बिधेयक पेश गरेको तर संसदले त्यसलाई संशोधन गरेको भन्दै संसदलाई आफूले निर्देशन दिन नमिल्ने प्रष्ट पारेका हुन् । ‘संसदलाई आदेश दिन सक्निद, संसदको आदेश माग्छु,’ प्रधानमन्त्रीले यसरी जवाफ दिंदा सांसदहरुले टेबुल बजाएर प्रधानमन्त्रीको भनाईको प्रशंसा गरेका थिए ।
सार्वभौम सांसदभन्दा कुनै पनि व्यक्ति ठूलो हुन नसक्ने प्रधानमन्त्रीको भनाई थियो ।

१६औं अनसन जारी रहेको प्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले एक जना अनसन बसेपछि देशै ठप्प हुने अवस्था आउन नहुने बताए।

सरकारले गरेको सम्झौता दुई पटा र पक्ष भएको भन्दै प्रधानमन्त्रीले त्यस अनुसारको दायित्व पूरा गरेको दाबी गरे। ‘सम्झौता सत्य निरुपण होइन। सम्झौता हो। तत्कालीन परिस्थितिको उपज हो। त्यस परिस्थितिमा सम्झौता गर्‍यौं,’ उनले भने, ‘त्यही अनुसार सरकारले विधेयक संसदमा प्रस्तुत गरेको थियो, संसदको सर्वोच्चताप्रति प्रधामन्त्री र सरकार सचेत छ।’

बहुमत छ भन्दैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने भन्दै ओलीले संसदलाइ आग्रहमात्र गर्न सक्ने बताए ।
संसदका समितिले छलफल गरेर आवश्यक संशोधन गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारले जे ल्यायो त्यो समितिले पास गर्दैन भन्ने बुझ्न जरुरी रहेको बताए।

‘हरेकले आफ्ना सीमा र कानुन पालना गर्नुपर्छ भनेर ख्याल गर्न आग्रह गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘पृथ्वी गुरुत्वार्कणको थ्योरी अनुसार घुम्न बाध्य छ, चन्द्रमा पनि सूर्यको वरिपरि घुम्न बाध्य छ, हामी धर्तीका मान्छे पनि यही बाध्यतामा छौं।’

म जे भन्छु त्यही हुनु पर्छ भन्न नमिल्ने भन्दै उनले सरकार केसीसँग गरेको सहमतिप्रति प्रतिबद्ध रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्