Logo
Logo

भूकम्पले घर भत्काएका ठाउँमा बाहेक अन्य ठाउँमा विद्युत् सुचारु


504
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण विद्युतको पोल र लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा गएराति देखि विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मत सम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुचारु गरिएको बताए । यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे ।

उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको बताए ।

यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भुकम्प प्रभावित क्षेत्रमा भुकम्पले पुर्याउको क्षेती अनुसन्धान गरी विद्युत सेवा सुचारु गर्न प्रधिकरणलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्