
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भुकम्पबारे आवश्यक निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए । उक्त बैठकले भूकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्नेछ ।
प्रधानमन्त्री प्रचण्ड आज (शनिवार) बिहानै नेपाली सेनाको हेलिकोप्टरमार्फत भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जाजरकोट पुगेका थिए । उनले त्यहाँको भुकम्पले पुर्याएको क्षेतीबारे जानकारी लिएर भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगेका थिए ।
उनले रूकूमकाे सानी भेरी अस्पतालमा पुगेर विरामीको अवस्था बुझ्नुका साथै भुकम्पबाट पुगेको क्षेतीबारे जानकारी लिए । उनी आफू गएको सेनाको हेलिकप्टर उद्धारका लागि छोडेर दिउँसो २ः३० बजे नेपालगन्जबाट नियमित जहाजमार्फत काठमाडौं फर्कन लागेका छन् ।














