Logo
Logo

माओवादीको निर्धारित कार्यक्रम स्थगित


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीद्वारा सञ्चालित अभियानका क्रममा शनिबारलाई आयोजित शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरिएको माओवादीले जनाएको हो ।

मोओवादीका एक नेताका अनसार संकटको यस घडीमा पार्टीको कर्णाली प्रदेश समितिलगायत भुकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवस/मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । हालसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १३६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्