Logo
Logo

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघको १५औँ वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताए । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति, पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था रहेको र अहिले विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले बताए ।

अध्यक्ष ढकालले यसले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताए ।

अध्यक्ष ढकालले अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनुपर्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन । अब भनेको सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ ।’

यसको लागि सबै सरोकारवाला निकायहरुको साझा एजेण्डा भयो भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्