Logo
Logo

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पपीडितलाई सहयोग गर्ने प्रतिबद्धता


504
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस विपतको घडीमा नेपाललाई सम्भावित सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, ‘नेपालमा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । भारत नेपाली जनताप्रति ऐक्यवद्धताका साथ उभिएको छ र हरसम्भव सहयोग गर्न तयार छ ।’

उनले भनेका छन्, ‘शोक सन्तप्त परिवारजनप्रति हाम्रो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
नेपालमा गएको ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पमा परी १३६ जनाको मृत्यु हुनुका साथै १४१ जना घाइते भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भनाइ आएको हो ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा गई क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्दै भूकम्पका घाइते, घाइते तथा मृतकका आफन्तलाई सरकारको तर्फबाट सम्बावित सबै सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार बिहान प्राप्त विवरणअनुसार जाजरकोट र पश्चिम रूकुममा सबैभन्दा बढी क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्