Logo
Logo

कोशी सर्वदलीय सरकार बनाउनुपर्छ : अध्यक्ष नेपाल


567
Shares

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशीमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थिरता कायम गर्न सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भएपनि कोशी प्रदेश सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनुपर्ने उल्लेख गरे । कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले भने, ‘राजनीतिक स्थिरका लागि पनि कोशीमा सर्वदलीय सरकार बनाउन आवश्यक छ ।’

उनले कोशी प्रदेशको नामकरणबारे उठेको विवाद आवश्यक नरहेको बताउँदै जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेशसभा बैठकले नामकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्