Logo
Logo

राप्रपाको पदाधिकारी बैठक बस्दै


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठक बस्ने राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

बैठकमा जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। राप्रपाले जाजरकोट भूकम्पमा परी निधन भएकाहरूप्रति दुस्ख प्रकट गरेको छ।घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई शनिबार सर्कुलर समेत गरेको थियो।

शनिबार दिउँसो नै उपाध्यक्ष मुकुन्दश्याम गिरी नेतृत्वको टोली सुर्खेतबाट जाजरकोट पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्