Logo
Logo

जसपा निकट स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन


504
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमबहादुर तामाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा सागर केसी, महासचिवमा कृष्ण नेपाली, सचिव देबबहादुर तामाङ र कोषाध्यक्षमा बद्रीबहादुर दुलाल चयन गरेको छ ।

भेलालाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वा प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिहरुमा राजनीतिक समिति सदस्य प्रेम थापा, राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, समाजवादी ट्रेड युनियन महासंघका संरक्षक प्रचण्ड पौडेललगायतले सम्बोधन गरेका थिए ।

ट्रेड युनियन महासघका अध्यक्ष अर्जुन लम्सालले कार्य समितिको नामावली घोषणा गरेका थिए । स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघ समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको घटक संगठन हो ।

प्रतिक्रिया दिनुहोस्