Logo
Logo

नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री टियु मैदानमा


441
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरस्थित टियु क्रिकेट मैदान पुगेका छन् । उनी आइसीसी टी–२० एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेल हेर्न टियु मैदान पुगेका हुन् ।

उनी खेलाडीहरुको हौसला बढाउन त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि सुरु भएको खेलमा जितका लागि नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

दुबै टिमले आगामी वर्ष अमेरिका र बेष्ट इण्डिजमा हुने विश्वकमा स्थान बनाएका छन् । आज भने एसिया छनोटअन्तर्गतको खेलमा उपाधिका लागि दुई देशबीच प्रतिस्पर्धा भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्