Logo
Logo

भूकम्पबाट प्रभावित परिवालाई चेम्बरले खाद्यान्न सहयोग गर्ने



काठमाडौं । जाजरकोटका भूकम्प प्रभावित परिवारलाई नेपाल चेम्बर अफ कमर्सले अत्यावश्यक सामग्री सहयोग गर्ने भएको छ ।

कमर्सले भूकम्प प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको हो। चेम्बरको विपद् व्यवस्थापन कोष अन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको हो ।

चेम्बरले आवश्यक सम्पूर्ण सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत् सरकारको एकद्वार प्रणालीमा सहयोग गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

मल्लका अनुसार सरकारी निकायसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिनेछ ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर(१ रामिडाँडा केन्द्र भएर कात्तिक १७ गते राति गएको ६.४ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको जनधनको क्षतिप्रति चेम्बरले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्