Logo
Logo

आइएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड ५० लाख सहयोग गर्ने



काठमाडौं । आइएमई ग्रुपले जाजरकोटका भूकम्प प्रभावितलाई एक करोड पचास लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र  आइएमई लिमिटेडलगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत उक्त रकम भूकम्प प्रभावितलाई उपलब्ध गराउने भएको हो । 

प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो । 

शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा  आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग  समेत उपलब्ध गराउने छन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यसपटक पनि उद्धार र राहतमा हर सम्भव सहयोगका लागि जुटेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्