Logo
Logo

कामना सेवा विकास बैंकद्धारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण



काठमाडौं । कामना सेवा विकास बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।

बैंक स्थापनाको १७औं वर्षमा प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल–भैरहवा–सुनौली सडकखण्डका विभिन्न स्थानमा ती बोर्ड राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए ।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको उपस्थितिमा सम्पन्न कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुसाललगायतका कर्मचारीको सहभागिता थियो ।

त्यस्तैगरी, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी कार्यालय वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । वालिङ क्षेत्रका विभिन्न स्थानमा ती बोर्ड राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद गौतमले ती बोर्ड ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

बैंकको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुटवल हिलपार्कस्थित कामना सेवा पार्कमा सरसफाइ कार्यक्रम गरिएको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवर्धन गर्दै आएको छ । सरसफाइ कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्